सरकारले सोमबार देशैभरि सार्वजनिक बिदा दिएको छ।
मन्त्रिपरिषद्को बैठकले माओवादी जनयुद्ध सुरू भएको दिनका अवसरमा देशैभरि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यसअघि मधेश, कर्णाली र बागमती प्रदेश सरकारले जनयुद्ध दिवसको दिन पारेर भोलि बिदा दिने निर्णय गरेका थिए।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक बिदा दिने निर्णय लिएको हो।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !