TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
TNL - The Nepal Live
  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर
No Result
View All Result
nepallive,thenepallive- the nepal live
No Result
View All Result

मिथिला माध्यमिकी परिक्रमा जनकपुरधाम आइपुग्यो, भोली अन्तरगृह परिक्रमा


परिक्रमा फुलहर (गिरिजा स्थान) प्रस्थान, भोलि मटिहानी आउने

मिथिला माध्यमिकी परिक्रमा शनिबार भारतको विशौल विश्राम गरी सोमबार विहान जनकपुरधाम आइपुगेको छ ।

सोमबार बिहानै (आज) परिक्रमाका श्रद्धालुहरु १५ औं विश्रामस्थल जनकपुरधाम आइपुगेका छन् । मंगलबार (भोलि) जनकपुरधाममा अन्तर गृह परिक्रमा गरेपछि परिक्रमा यात्रा पुरा हुने छन् । परिक्रमा यात्रीहरु प्रदेशसभा नजिकको हनुमानगढी, तिरहुतिया गाछी, बाह्रविघा र मठमन्दिरहरुमा बास बसेका छन् । सोमबार विहान अन्तरगृह गरेपछि परिक्रमा यात्रा पूरा हुनेछन् । त्यसपछि यात्री तथा श्रद्धालुहरु घर फर्किने छन् ।

यही फागुन ८ गते जनकपुरधामको हनुमानगढीस्थित जम्मा भएर परिक्रमा यात्रा सुरु भएको थियो । परिक्रमालाई स्वागत तथा व्यवस्थापन गर्न जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय लगायतको निकायले तयारी गरिरहेको छ । हनुमानगढीबाट सुरु भइ परिक्रमा भारतको कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडइ, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सत्तोषर, औरही, करुणा, विशौल हुँदै जनकपुरधाम आइपुगेका छन् ।

माध्यमिकी परिक्रमा भाग लिन नसकेको श्रद्धालुहरु अन्तर गृह परिक्रमामा सहभागी भए मोक्षको भागी बन्ने जनविश्वास रहेको छ । नेपाल भारत दुबै मुलुकको धार्मिक सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा १३ तथा भारतमा दुई गरी १५ विश्रामस्थल छन् ।

यस यात्राका सहयात्रीले नेपालका १ सय २ एवम् भारतको २६ गरी १ सय २८ किलोमिटर पैदलयात्रा गर्नुपर्ने हुन्छ । एक सय २८ किल्लो मिटरमा १५ वटा विश्रामस्थल छन् । यी सबै ठाउँहरुमा विशेष देवताका थानहरु छन् । सो विश्रामस्थलमा परिक्रमा यात्रीहरुलाई स्थानीयवासीहरु अत्यन्त उत्साह, श्रद्धा अनि आतिथ्यका साथ राख्दछन् ।

पछिल्लो समय स्थानीय सरकारले पनि व्यवस्थापनमा ध्यान दिने गरेका छन् । ठाउँ ठाउँमा स्वास्थ्य शिविर, भण्डारालगायत सामानको व्यवस्था पनि गर्दछन् । परिक्रमाको अन्तिम दिन जनकपुरधाममा लगभग ८ किमी नगर वरिपरि परिक्रमा गरिन्छ । त्यसपछि परिक्रमाका यात्रीहरु घर फर्किन्छन् र फर्केको भोलिपल्ट होली मनाउने गर्छन ।

please follow us for more news and information.

Previous Post

मिटरब्याजी शाहलाई धरौटीमा छाड्न विशेष अदालतको आदेश

Next Post

जनकपुरमा मोटरसाइकलको ठक्करबाट परिक्रमा यात्रीको मृत्यु

फेसबुकबाट तपाईको प्रतिक्रिया !

Follow us

द नेपाल लाइभ अनलाइन पोर्टल

Sindhuli  (नेपाल)
इमेल : [email protected]
वेबसाइट : www.thenepallive.com

  • Privacy Policy

© 2021 The NepalLive || Powered By: ProTech

  • होम
  • समाचार
  • समाज
  • राजनीति
  • देश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विदेश
  • विचार/अन्तर्वार्ता
  • मनोरन्जन
  • खेलकुद
  • अर्थ
  • अन्य
    • सुरक्षा/ अपराध
    • शिक्षा-स्वास्थ्य
    • गजल/कविता
    • विज्ञान/प्राविधि
    • राशिफल
    • फोटो फिचर