जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक परिक्रमा यात्री महिलाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा सिरहाको कर्जन्हा नगरपालिका ७ प्रेमनगर बस्ने ६५ वर्षीया ईश्वर देवी राय छन् रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले जानकारी दिए । उनका अनुसार आज बिहान साढे ६ बजेको समयमा जनकपुर- ढल्केबर सडक खण्ड अन्तर्गत मुजेलियामा बाटो क्रस गरिरहेकी पैदल यात्री महिलालाई ज ६ प २२१७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
उनको उपचारको क्रममा प्रादेशिक अस्पतालमा साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । श’व पो’स्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ । मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । news source : todaypati.com
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !