महोत्तरीको सम्सी नाकामा भारतीय एसएसबी जवानले एक नेपाली युवकलाई कुटपिट गरेका छन् । महोत्तरीकै सम्सी गाउँपालिका ७ का स्थानीय सन्तोष कुमार साहलाई बुधबार अपराहन्न साढे ५ बजे एसएसबी जवानले कुटपिट गरेका हुन् ।
नेपलबाटै बोर्डर भएर घर फर्किरहेका उनलाई कुटपिट गरेपछि स्थानीयले सम्सी नाकामा प्रदर्शन गरेका छन् । घर फर्किरहेका उनलाई नागरिकता देखाउन एसएसबी जवानले भनेका थिए । छैन भनेपछि सन्तोषलाई कुटपिट गरेको स्थानीयले बताएका छन् ।
नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु बोर्डर अथवा भारतीय सडक भएर आवतजावत गरिरहन्छन् । सोही क्रममा पटक पटक एसएसबी जवानले कुटपिट तथा दुर्ववहारको घटना गर्ने गरेको स्थानीय बताउँछन् ।
सशस्त्र प्रहरी गणले यो विषयमा दुबै पक्ष बसेर छलफल गर्ने बताएपछि उनीहरु प्रदर्शन रोकेका थिए । सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले यो विषयमा दुबै पक्षबीच आज छलफल हुने बताए । news/image source : todaypati.com
Please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !