जनकपुरधाम उपमहानगरपालिका वार्ड नम्बर ४मा एक दिने योग शिविरको आयोजना गरिएको छ ।
“मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्वथ्य जीवनकालागि आयुर्वेदिक जीवन शैली ” नाराका साथ वडाहरुमा योग शिविर सन्चालन तथा औषधि वितरण कार्यक्रम अन्तरगत शनिबार बिहान एकदिने शिविर सम्पन्न भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका नगर कार्य पालिकाको कार्यालय आयुर्वेद शाखाको आयोजना तथा वडा नं.४को संयोजनमा शिविर सम्पन्न भएको वडा सदस्य प्रसन्न झाले जानकारी दिए । तीन दर्जन भन्दा बढी सर्वसाधारणहरुको सहभागिता रहेको सो योग शिविरमा जउनपा आयुर्वेद शाखा प्रमुख मनोहर साहले प्रशिक्षण दिएका थिए ।
सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह,वाडा अध्यक्ष सुरेश झा,गणेश प्रसाद साहलगायतकाे सहभागिता रहेको थियो ।
please follow us for more news and information.
फेसबुकबाट तपाईको प्रतिक्रिया !